आज विधिपूर्वक नागपन्चमी पर्व मनाईदै   


साउन ३१।
आज नागपन्चमी पर्व । परम्पराअनुसार घरको मूलढोकामा नागको चित्र टाँसी विधिपूर्वक पूजा अर्चना गरी मनाइँदैछ । नागलाई पानी र वर्षाका देवता मानी जुन घरमा नागको वास हुन्छ । त्यहाँ लक्ष्मीको बास हुन्छ भन्ने धार्मिक विश्वासका साथ नागपूजा गरिने प्रचलन रहेको छ । प्रत्येक वर्ष श्रावण शुक्ल पाचमीका दिन नागपाचमी पर्व मनाइन्छ ।
आजको दिन घरका ढोकामा नागको फोटो टा“सी  पुजाआजा गर्नाले चट्यांग र आगलागीका साथै सर्प लगायत बिषयुक्त जीव बाट रक्षा हुने मान्यता रहेको र बराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजस“ग ब्रम्हाको संवाद भएकाले आजको दिन नागपुजाका लागी प्रसिद्ध मानिएको छ । 

आजदिनमा अनन्त,वासुकी,पद्म,महापद्म,तक्षक,कुलीर,कर्कट र शंख गरी ८ नागको पुजा गरी दुबो,गाईको दुध,अक्षता चढाइएर घरमा विभिन्न बिषयुक्त जीवको भयबाट बचाउने मान्यता रहेको छ ।   
नागपञ्चमीका दिन बिहानै पुरोहित द्धारा नागको पुजा गरेर दुध खुवाई घरको मुलद्धारमा नागको फोटो टा“सी घरधनीले पनि नागको पुजा गर्ने शास्त्रीय परम्परा छ । भने आजका दिन आफ्ना कुलनागका थानमा पनि विषेश रुपमा पुजा गरी दुध ,खीर रोटी लगायतका प्रसाद चढाउने गरेको पाइन्छ । 

यसैवीच थारु समुदायले मनाउँदै आएको गुरीया ÷ घुघरी पर्व आज धुमधामसँग मनाउदै छन । थारु गाउँमा मनाइने गुरीया÷ घुघरी पर्वमा कपडाको गुड्डी÷गुडीया बनाएर साझां गाउका सबै भेला भैई नजिकैको खोला नदि ताल तलाउमा गई फाल्ने र मकै केराउ तथा चनाको परिकार, धानको भुजा उपस्थित भएकाहरुलाई बाँड्ने चलन रहेको छ । भने घरमा मिठामिठा परिकार बनाएर खानपिन गर्ने परम्परा पनि रहेको छ । यो पर्व मनाएमा बच्चाहरुमा लाग्ने रोगब्याधी गाउँबाट हटेर जाने र गाउ सुःखी हुने आदिमकालदेखि थारु समूदायमा विश्वास रहेको छ ।
 

प्रतिकृया दिनुहोस