‘महिला नेतृत्व विकास’ सम्बन्धि  सरोकारवालासंग छलफल 


सरिता थारु कपिलवस्तु साउन ३१ ।
नगर भित्र रहेका पिछडा वर्ग र समुदायको जब सम्म विकास हुदैन तव सम्म नगरको विकास हुन नसक्ने बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले बताउनु भएको छ । उहाले यस नगरका सबै जातजाति, धर्म समुदाय र वर्गको आर्थिक, सामाजिक र राजनितीक हिसावले उन्नती गर्दैनन् तब सम्म अगाडी बढ्न नसक्ने बताउनुभयो । 
महिला शक्ति विकास केन्द्र नेपालले आयोजना गरेको ‘महिला नेतृत्व विकास’ कार्यक्रम सम्बन्धि स्थानीय सरोकारवालासंग परार्मशका लागि छलफल कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । 
यस्तै वडा नं. २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले निर्वाचनका समयमा गरेको समृद्ध वडा बनाउने बाचालाई पुरा गर्नका निम्ती विभिन्न कार्यक्रमहरु संचालन गरेको बताउनुभयो ।  शिक्षा, स्वास्थ्य, रोजगार लगाएत क्षेत्रमा पछि परेका बस्ती, समुदायलाई आगाडी नल्याउदा सम्म वडा, नगरको विकास नहुने बताउनुभयो । 
कार्यक्रममा विभिन्न राजनितीक दलका प्रतिनिधी, शिक्षक, वडा न. २ भित्र रहेका सबै टोल विकास संस्थाका प्रतिनिधी, स्वंमसेवीका, सामाजसेवी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम संस्थाका कोर लिडर शिवकुमारी थारुको अध्यक्षता, रिना थारुको संचालन र सावित्रा थारुको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । कार्यक्रममा क्षेत्रिय संयोजक जानकी थारुले संस्थाले संचालन गर्ने कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो । 
 

प्रतिकृया दिनुहोस