इलाका प्रशासन कार्यलय चन्द्रौटामा अनशन 


कपिलवस्तु साउन ३१ ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा न ७ का वडा अध्यक्ष तथा कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरी सहितको टोली इलाका प्रशासन कार्यलय चन्द्रौटामा अनशन बसेका छन । कपिलवस्तुका उखु किसानहरुलाई सरकारले दिने अनुदान नपाए पछि अनशन बस्नुपरेको अध्यक्ष चौधरीले वताउनुभयो ।  
आर्थिक वर्ष ०७१ । ७२ मा सरकारले प्रति क्वीन्टल २५ रुपैयाको दरले अनुदान दिने भनेपनी अहिलेसम्म नपाउदा किसानहरु आन्दोलित भएका हुन । कपिलवस्तुमा ७ हजार उखु कृषकले सो अनुदान पाउन सकेका छैनन ।
अन्य  जिल्लाका किसानहरुले अनुदानको रकम पाएपनि कपिलवस्तु किसानले नपाएको  अनशनरत स्थान वाट उखु कृषक ओम प्रकाश चौधरी बताउनुभयो । कपिलवस्तुमा मात्रै करिव ढाई करोड रकम किसानहरुले पाउनुपर्ने रहेको भएपनि सम्पुर्ण प्रकृयाहरु पुरा गरेको भए पनि रकम पाउन नसकेको कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले वताउनुभयो ।
पटक पटक सरकारको ध्यानकर्षण गरेपनि अनुदान नपाएको चौधरीको गुनासो रहेको छ । सुगर मिलले कागजपत्रमा ढिलाई गर्दा लगाएतका कारण देखाउदै सो रकम नदिएको  चौधरीले वताउनुभयो । . 
कपिलवस्तु किसान संघको आन्दोलनका कायर्कक्रमरु मध्य  साउन २० गते आइतवार इलाका प्रशासन कार्यलय मार्फत सम्वन्धित मन्त्रालयलाई ज्ञापनपत्र समेत वुझाएको भएपनि कुनै सुनुवाई नगरेकोको चौधरीले बताउनुभयो । किसानले दुख गरेर गरेको कामलाई सरकारले मुल्याङकन गरेर अनुदान दिने भनेपनि नपाउदा किसानहरु दुखीत भएका छन ।
किसान संघका  अध्यक्ष अनुप कुमार चौधरी,उपाध्यक्ष राम वहादुर रायमाझी, हरिनारायण चौधरी, रामप्रकाश चौधरी,वलराम पाण्डे अनशनमा बसेका छन । उनिहरु ईलाका प्रशासन कार्यलय चन्द्रौटा अगाडी सडमकै अनशन वसेका छन ।
 

प्रतिकृया दिनुहोस