राष्ट्रिय लक्ष्यमा कपिलवस्तुले थप्यो चुनांैती 


बिकास थापा ,कपिलवस्तु ३१ साउन 
अवको ५ वर्ष भित्र अर्थात वि.स २०८० साल सम्म सबै नेपालीलाई आवास उपलब्ध गराउने लक्ष्यका साथ सरकारले आ.व. ०६६÷६७ बाट शुरु गरेको जनता आवास कार्यक्रमको लक्ष्य अधुरो रहने संकेत देखापरेको छ । २० लाख नयाँ घर बनाउदै घरवार विहिन विपन्न र दलितलाई आफ्नै घरमा राख्ने सरकारको योजना असफल हुनुमा कपिलवस्तुको पनि हात रहेको तथ्य फेला परेको छ ।  
कपिलवस्तुमा जग्गा विवादले समस्या श्रृजना हुदै जादा अहिले सम्म बनिसक्नु पर्ने मधयेका २ सय ५० घर निर्माण रोकिएका छन् । यो समस्या तराइृका अन्य जिल्लामा समेत रहेकोछ । तर पूर्वी तराइृ केहि विवाद वढी हुने जिल्ला सरह नै कपिलवस्तु पनि परेको छ । 
अहिले मुलुकको कुल जनसङ्ख्याको १३ प्रतिशत अर्थात ३४ लाख ५८ हजार मानिस घरवार विहीन अवस्थामा रहको राष्ट्रिय तथ्याङकले देखाएको छ । मुलुकको चुनौतीका रूपमा रहेको आवास समस्यालाई सम्बोधन गर्न सरकारले ७७ जिल्ला मध्ये ललितपुर , भक्तपुर  र काठमाण्डौं बाहेक सबै जिल्लामा जनता आवास कार्यक्रम सुरु गरेको हो । 
सर्बप्रथम ०६६÷६७ बाट कपिलवस्तु , सिरहा र सप्तरी गरि ३ जिल्लाबाट यो कार्यक्रम सुरु भएको हो ।आवासविहीनलाई आवास उपलब्ध गराउने उद्देश्यसहित सञ्चालित यो कार्यक्रम कपिलवस्तुमा अहिले पनि जारी छ । जनता आवास कार्यक्रम’मार्फत जिल्लामा रहेका आवासविहीन , दलित र अति विपन्न मुस्लिम समुुदायका लागि घर निर्माण गर्दे आईरहेको सहरी विकास, भवन निर्माण विभाग डिभिजन कार्यालय कपिलवस्तुका फिल्ड सुपरभाईजर जनार्दन पराजुलीले जानकारी दिनुभयो । 
कपिलवस्तुमा अहिलेसम्म आवासविहीन , दलित र अति विपन्न मुस्लिमहरुका लागि गरि १ हजार १३  घरमा छाना सम्पन्न गरि नयाँ घरमा सारिएको छ । २ सय ११ आवास निर्माणधिन अवस्थामा रहेको र २२६  वटा आवास निर्माण गर्ने काम बिभिन्न जग्गा बिवादले रोकिएको फिल्ड सुपरभाईजर पराजुलीले बताउनुभयो । 
२०६६÷६७ मा पहिलो चरण अन्तर्गत ४ सय २६ आवास निर्माण गर्नुपर्ने मध्ये अहिलेसम्म ३ सय ५८ घर सम्पन्न भएका छन ।  बाँकी जग्गाबिवादले रोकिएका छन । त्यसैगरि ०६७÷६८ मा दोस्रो चरणअन्तर्गत ४ सय ७४ घर निर्माण गनुपर्ने मध्ये ४ सय ३७ वटा घरसम्पन्न भएका छन । अरुकेही बिषयमा रोकिएका छन ।  
त्यस्तै ०६८÷६९मा कार्यक्रम कपिलवस्तु जिल्लामा परेन त्यसैले तिनै पहिलो चरण र दोस्रो चरणमा रहेको र कुनै विवादले रोकिएका कामलाई निरन्तर दिएको पराजुलीले बताउनुभएको छ । यसैगरि ७०÷७१मा ५० वटा आवास निर्माण गनुपर्नेमध्ये ४८ वटा घरमा छाना सम्पन्न भएका छन् भने २ वटा जग्गा विवादमा रोकिएको बताईएको छ । 
यस्तै ०७२÷७३ मा ५०० वटा आवास निर्माण गर्नुपर्नेमा १ सय ७० वटा घरमा छाना सम्पन्न भएर आवास बिहिनलाई नया घरमा सारिएको छ । १ सय ५१ वटा घर निर्माणाधिनमा अवस्थामा रहेका  छन् । ६० वटा सर्बेक्षणमा रहेका र अरु केही बिषयमा रोकिएको जनाईएको छ ।
सरकारले घर विहिनलाई आवास उपलब्ध गराउन प्रति घर १ लाख ३९ हजार दिदै आएको मा ०७२ ÷७३ बाट प्रति घर १ लाख ९२ हजार दिदै आएको छ  । अहिले जग्गाबिवाद लगाएतका  अरु केही समस्याले रोकिएकाछन् । त्यसैले कपिलवस्तु राष्ट्रकैलागि चुनौतीको जिल्ला नवनोस  भन्नेमा समयमै सचेत हुनु जरुरी छ ।
 

प्रतिकृया दिनुहोस