फोटो पत्रकारहरुलाई माधव नेपालको यस्तो सुझाव 


काठमाण्डौ साउन २० ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालको शान, मान र विशेषतालाई सजीव ढंगले तस्वीरमा कैंद गर्न फोटो पत्रकारहरुलाई सुझाव दिनु भएको छ । 
वरिष्ठ नेता नेपालले आईतबार बबरमहलस्थित आर्ट काउन्सिलमा प्रर्दशनीमा राखिएको उत्कृष्ट फोटोहरुको अवलोकन गरेपछि नेपालको शान, मान र विशेषतालाई सजीव ढंगले कैद हुनेगरी तस्वीर लिन फोटो पत्रकारहरुलाई सुझाव दिनु भएको हो । 
उहाँले नेपालका फोटो पत्रकारहरु विश्व फोटो प्रर्दशनीमा पनि उत्कृष्ट हुने विश्वास समेत व्यक्त गर्नु भयो । एउटै तस्वीरले समग्रतालाई समेटन सक्नुपर्नेमा वरिष्ठ नेता नेपालको जोड थियो ।
फोटो पत्रकार क्लवले यस वर्षको उत्कृष्ट फोटोहरुको प्रर्दशनी आयोजना गरेको हो । गत श्रावण १६ गतेबाट सूरु गरिएको प्रतियोगिता भोली (सोमबार) सम्पन्न हुनेछ । आईतबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पनि सो फोटो प्रर्दशनीको अवलोकन गर्नु भएको थियो ।
 

प्रतिकृया दिनुहोस