जाजरकोटमा पहिरो एकै घरका चार जनाको मृत्यु, उद्धार कार्य जारी 


  साउन २० जाजरकोट । जाजरकोटको पहिरोमा परेर एकै घरका चार जनाको ज्यान गएको छ । एक जनाको उद्दार भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भेरी नगरपालिका ३ ठाटीँबजारमा गएको पहिरोले तीर्थ बोहोरको घर पुरिदा भाडामा बस्ने लालबहदुर लोहारकी श्रीमती सितलीको ज्यान गएको हो । 

पहिरोमा ३ बालबालिकाको पनि ज्यान गएको तर नाम खुल्न बाँकी रहेको जाजरकोटका प्रहरी प्रमुख डिएसपी रविन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । पहिरोले पुरिएका लालबहादुरको भने उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको छ ।  

प्रहरीका अनुसार पहिरोले पुरेको अर्को घरमा अहिले उद्दार थालिएको छ । त्यो घरका मानिस पनि पहिरोमा पुरिएको हुन सक्ने आशंका गरिएको  छ । 
 

प्रतिकृया दिनुहोस