मौसममा बदली पूर्वमा मनसुन निष्क्रिय, पश्चिममा ठूलो वर्षा


  साउन २० काठमाडौं । आइतबार दिनभर देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका धेरै ठाउँमा भोलिसम्मै लगातार पानी पर्ने अनुमान महाशाखाको छ । महाशाखाका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३२ मिलिमिटर पानी परेको छ ।

अहिले उपत्यकासहित मध्य र पश्चिमका धेरै ठाउँमा पानी परिरहेको छ । पूर्वी क्षेत्रमा भने मनसुनी वायू सक्रिय नभएकाले पानी कम परेको छ । आइतबार राति पनि पश्चिमका केही ठाउँमा ठूलो पानप् पर्ने मौसमविदको अनुमान छ ।

पर्सिदेखि लगातार पानी पर्ने सम्भावना नभएको महाशाखाले जनाएको छ । 

प्रतिकृया दिनुहोस