डुमरावाट नेपालकै नयाँ अभियानः बलदेव


जीतपुर २९ असार ।
कपिलवस्तुको मायादेवि गाउपालिकाले नेपालकै नयाँ काम गर्ने अवसर पाएकोछ । गरीव घरपरिवारलाई परिचय पत्र वितरण गर्ने काम मायादेवि गाउपालिकाको डुमरामा भोली विहान ८ वजेहुने भएको हो । नेपालमा अहिले सम्म यस्तो गरीव घरपरिवार परिचयपत्र पाउने नागरीकको पहिचान भएपनि वितरणको काम भने हुन सकेको थिएन । 
गरीव घरपरिवारको परिचय पत्र वितरण गर्ने काम देशकै तुलनामा हेर्दा कपिलवस्तुमा पहिलो पटक हुने भएको हो । परिचय पत्र वितरण कपिलवस्तुकै मन्त्री एवम कृषि,भूमि ब्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल (वलदेव)ले गर्नु हुने भएकोछ । 
यो काम सहकारी तथा गरीवि निवारण मन्त्रालयको विभागिय काम समेत हो । कपिलवस्तुको क्षेत्र नं १वाट निर्वाचित सांसद खनालले आफ्नै क्षेत्रको एउटै बस्तीमा धेरै गरीव भएको वस्तीलाई  छानेर नयाँ कामको थालनी गर्न लाग्नु वताइएकोछ । सो स्थानमा अधिकांस दलित र विपन्नको वसोवास रहेकोछ । कपिलवस्तुमा २५ हजार परिवार गरीव घरपरिवारको रुपमा सूचीकृत भएकाछन् । त्यस मध्ये मायादेवि गाउपाकिलामा २३७५ गरीव घरपरिवार  रहेकाछन् । 
 

प्रतिकृया दिनुहोस