गायिका लम्साललाई किन रोकिएन बाडुल्कि ? (भिडियो सहित ) 


काठमाण्डौ । 
गायिका सर्मिला लम्साललाई तिज लागेसँगै बाडुल्की रोकिएको छैन । हिन्दु नेपाली नारीहरुको २०७५ को तिज पर्व भित्रिएसँगै आफुलाई बाडुल्कि नरोकिएको भाव गायीका लम्सालले तिजगित मार्फत दर्शाएकी छन्  । 
समय सापेक्षित अन्य धेरै लोकगितहरुमा आवाज दिईसकेकी सञ्चारकर्मी समेत रहेकी लम्सालले यसपालीको आफ्नै तिजको कोशेली ‘बाडुल्की’ लिएर आएकी हुन् । 
सर्मिला लम्साल स्वयम र गणेश अधिकारिको स्वर रहेको उक्त गितमा चर्चित मोडल अञ्जली अधिकारी र सुजन कोईरालाले अभिनय गरेका छन् । 

गणेश अधिकारीको लय र शब्दमा रहेको गीतको भिडियोमा स्मृति तिमल्सिनाको निर्देशन, सुरेश श्रेष्ठको  छायांकन रहेको छ भने भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् ।
भिडियो हेर्नुहोस .. 
https://www.youtube.com/watch?v=sUIk4RTAELo 

प्रतिकृया दिनुहोस