बाढीले भक्तपुर र काठमाडौंका केही ठाउँ डुबानमा


काठमाडौं असार २८ । 
यस्तै वर्षाका कारण बागमती र हनुमन्ते खोलामा बाढी आउँदा काठमाडौं र भक्तपुरका केही ठाउँ डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेको छ । 

भक्तपुरको जगाती, बाराही ठाउँका वस्तीमा पानी पसेको छ, भने भूकम्प पीडितको शिविर डुबानमा परेको छ । मध्यपुरथिमिको राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका वस्ती पुरै डुबानमा परेको छ । मध्यरातीदेखि यहाँका सयौं घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन् ।

राधे राधे र त्यसक्षेत्रका वस्तीका साथै भाटभटेनी सुपर मार्केटदेखि स्यामसुङ्ग कम्पनीसम्म पुरै डुबानमा परेको छ । राधेराधे अगाडिदेखि सानोठिमी जाने निकोसेरासम्म नै डुबानमा परेपछि घरबाट निस्कने अबस्था नभएको स्थानीय पुरुषोत्तम काकीीले जानकारी दिनुभयो ।

जमिनबाट चारफिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेको छ । मध्यपुरथिमिमा अरनिको राजमार्ग खण्डको दुबै क्षेत्र डुबानमा परेको छ । चारदोबाटोबाट बालकोट जाने वस्ती र गठ्ठाघरको तल्लो भेग डुबानमा परेको स्थानीय पुष्करराज बुढाथोकीले जानकारी दिनुभयो । मध्यपुर अस्पताल क्षेत्र र आसपासका घर पनि डुबानमा परेको छ । यता मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडिबुटीस्थित सुकुम्बासी वस्ती पुरै डुबानमा परेको छ । 
 

प्रतिकृया दिनुहोस