News Events »
खेलकुद
महोत्सवमा कुस्ति खेल प्रति दर्शकको आकर्षण बढ्यो ।।
दिपक अनुरागी, कपिलवस्तु मंसिर २५ ।
बुद्धरंगशालामा जारी महोत्सवमा आज पनि कुस्ति प्रतियोगिताले दर्शकको ध्यान खिचेको छ । जिल्ला खेलकुद बिकास समिती कपिलवस्तुको आयोजना र कपिलवस्तु उद्योग वाणिज्य संघको सहयोगमा पश्चिमाञ्चल क्षेत्रिय कुस्ति प्रतियोगीता गरिएको छ ।
आज भारत र नेपालका प्रख्यात कुस्ति खेलाडी बिच प्रस्तिष्पर्धा गराइएको थियो । भोली महिला बचि कुस्ति प्रतियोगीता हुने जिल्ला खेलकुद बिकास समितीका कार्यलय सचिव मिन प्रसाद पोख्रेलले जानकारी दिनुभयो ।
कुस्ति प्रतियोगिता प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालको पनि विशेष उपस्थिती थियो ।