देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग | राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी सम्मानित ।। |
News   Events »
राष्ट्रिय
भक्तपुर अन्तर्राष्ट्रिय व्यापार मेला २०१६ सुरु, पहिलो दिन नै उत्साहजनक सहभागिता

 भक्तपुर, २४ मंसिर । 

भक्तपुरमा ६ दिने अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ ।
भक्तपुर उद्योग वाणिज्य संघको स्वर्ण महोत्सवको उपलक्ष्यमा मंसिर २४ गतेदेखि २९ गतेसम्म चल्ने सो मेला शक्रुबारबाट भक्तपुरको सल्लाघारीमा सुरु भएको हो ।
जेडटीइ स्मार्ट फोनको प्रस्तुती र जगदम्बा स्टिलको मुख्य प्रायोजनमा सुरु भएको सो मेला भक्तपुरमा पहिलोपटक आयोजना भएको हो ।
औद्योगिक उत्पादनहरुको प्रवद्र्धन तथा नवीन सम्भावनाहरुको पहिचान र सदुपयोग भई भक्तपुर जिल्लालगायत मुलुककै आर्थिक उत्थानमा नयाँ आयाम थप्ने कार्यमा सहायकसिद्ध गर्ने उद्देश्यका साथ आयोजित उक्त मेलाको उद्घाटन उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीले गरेका थिए ।
सो अवसरमा गृहमन्त्री निधीले व्यापारी वर्गका समस्या समाधान गर्नका लागि सरकार तत्पर रहेको बताए । उनले शुक्रबारबाट सुरु भएको मेलाले भक्तपुरको मात्र नभएर देशकै प्रतिष्ठा बढाउनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै भक्तपुरमा मेला गर्न आवश्यक स्थान बनाउनका लागि सबैको सामुहिक प्रयास आवश्यक रहेकोमा जोड दिए ।
सोही अवसरमा उनले पछिल्लो समयमा भएको संविधान संसोधन प्रस्तावले राजनीतिक दूरी बढाउँदा त्यसको असर व्यवसायमा पनि परेको बताउँदै प्रतिपक्षीले एकतर्फी रुपमा अन्य राजनीतिक दललाई उचाल्ने काम गरेको बताए । 
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले व्यवसायीहरुले सरकारलाई सहयोग गरिरहे पनि सरकारले भने व्यवसायीहरुको लागि उपयुक्त वातावरण बनाउन नसकेकोमा आपत्ती जनाएका थिए । उनले व्यापार÷व्यवसाय प्रवद्र्धनका लागि राजनीतिक स्थिरता जरुरी रहेकोले दलहरुले बन्द–हड्तालजस्ता कामलाई  अन्त्य गर्नुपर्ने पनि औंल्याए । 
कार्यक्रमको उद्घाटन सत्रमा मेलाका संयोजक राजुमृगेन्द्र जोशी एवं कार्यक्रमका सभापति एवं भक्तपुर उद्योग वाणिज्य संघ भक्तपुरका अध्यक्ष कृष्णप्रसाद अवालले भक्तपुरमा भएको मेलाले जिल्लाको समग्र विकासको लागि कोशेढुंगा सावित हुने बताउँदै भक्तपुरमा मेला र प्रदर्शनी गर्न मिल्ने स्थान अभाव भएको बताए । 
मेलामा मौलिक हस्तकलाका उत्पादनहरुको प्रदर्शनी, घरेलु तथा लघु उद्यमका उत्पादनहरुको प्रदर्शनी, शैक्षिक प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, कृषि उत्पादनहरुको प्रदर्शनी, दैनिक उपभोग्य तथा घरायसी सामग्रीहरुको सुपथ मुल्य पसल लगायत जिल्लाको पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय स्थलहरुको जानकारी तथा परम्परागत सा“स्कृतिक नाचगानको पनि प्रदर्शनी स्थल रहेको भक्तपुर वाणिज्य संघका महासचिव शिव मानन्धरले जानकारी दिए । 
विद्युतीय सामग्रीहरु तथा निर्माण सामग्रीहरुको समेत विशेष स्टलको व्यवस्था भएको सो मेलामा विभिन्न ब्राण्डका सवारी साधनहरुदेखि लिएर नेवारी मौलिक खानाका स्टलहरु समेत छन् ।
मेलामा आउने बालबालिकाहरुका लागि समेत बाल मनोरञ्जनका सामग्रीहरुको उपलब्धता रहेको उक्त मेलामा १ सय ७२ वटा स्टलहरु छन् । मेलामा भारत, बंगालादेश, पाकिस्तान, चीन, श्रीलंकालगायतका देशका स्टलहरु छन् । 
मेलाअन्तर्गत मंसिर २५ गते शनिबार एकदिन एनसेल डे हुनेछ  । यसैगरी भक्तपुर सौन्दर्य कला व्यवसायी संघ र रोट्याक्ट क्लब अफ पाटन दरबार स्क्वायरको संयोजनमा मंसिर २७, २८ र २९ गते फेशन शो आयोजना हुने आयोजकले जनाएको छ । मंसिर २८ गते मंगलवार योमरी पुर्णिमाको दिन विशेष कार्यक्रम हुनेछन् । 
उक्त मेला अवधिभर करिब एक लाख अवलोकनकर्ताहरुको उपस्थिति हुने आयोजकले अपेक्षा गरेको छ ।
 
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Songs5.30AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.30AM
  • Geet Sangit7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Ekal Aawaaz7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Nepal Chautari8.10AM
  • Nepal Khabar9.00AM
  • Jamkabhet9.10AM
  • Buddha Khabar10.00AM
  • Lok Susheli10.10AM
  • Buddha Khabar11.00AM
  • Hindi Geet11.05AM
  • Nepal Khabar12.00PM
  • Majheri12.10PM
  • Buddha Khabar1.00PM
  • Bujhailuya Khisa1.05PM
  • Buddha Khabar2.00PM
  • Support Me2.10PM
  • Nepal Khabar3.00PM
  • Geeti Antakshyari3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Lok Trisana4.10PM
  • Tharu Buddha Khabar5.00PM
  • HAmro surakshya Hamro Pahal Anntena Abadhi5.15PM
  • Mahila Aawaaz6.00PM
  • Geet Sangeet6.30PM
  • Buddha Khabar7.00PM
  • Mai Sari Sunakhari & Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Geet Sangit8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Chetanaka Swarharu9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli dot com10.10PM
RJ Profile
  • बिमल गैरे
    प्राबिधिक टेलिभिजन
  • भेषराज पाण्डे
    स्टेशन म्यानेजर
  • सरस्वति शर्मा
    कार्यक्रम उत्पादन & कार्यक्रम प्रस्तोता
  • मिलन राना
    रेडियो प्राविधिक
  • नारायण पाण्डे
    बजार प्रमुख
Buddha Awaaz Newspaper
Television