देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग | राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी सम्मानित ।। |
News   Events »
राष्ट्रिय
पाल्पालाई अलग्याएर प्रदेश नं ४ मा राखेको विरोध स्वरुप पाल्पा बन्द ।।

 सरकारले प्रदेश नं ५ बाट पाल्पालाई अलग्याएर प्रदेश नं ४ मा राखेको विरोधस्वरुप आज जिल्ला बन्द आह्वान गरिएको छ । 

पहाडी जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान रुकुम र रोल्पालाई तराईबाट अलग्याउन खोजिएको भन्दै नेपाल तरुण दलका सभापति मेजरसिंह केसी, युवा सङ्घ नेपालका करुणा काफ्ले, अखिल नेपाल युवक सङ्घ पाल्पाका प्रतिनिधि लक्ष्मण गौतम, नेपाल विद्यार्थी सङ्घका सभापति कृष्णबहादुर आले, अनेरास्ववियुका कार्यबाहक अध्यक्ष प्रेम बगाले, अखिल छैटौँका अध्यक्ष पुरन पोखरेल, त्रिभुवन बहुमुखी क्याम्पसका स्ववियु सभापति हरिबोल भट्टराईद्वारा संयुक्त रुपमा विज्ञप्ति निकालेर आज पाल्पा बन्द गरिएको हो । 
 
सरकारले मङ्गलबार संविधान संशोधनका लागि संसद् सचिवालयमा दर्ता गराएको मस्यौदामा प्रदेश नं ५ लाई विभाजन गरी पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान रोल्पा र रुकुमलाई प्रदेश नं ४ मा राख्न प्रस्ताव गरी सीमाङ्कन हेरफेर गरेको बिरुद्धमा पाल्पाका सबै राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, उद्योगी, व्यवसायी पनि आन्दोलनमा उत्रेका छन् । बन्दका कारण शैक्षिक संस्था, कलकारखाना, यातायातका साधन बिहानैदेखि ठप्प छन् । 
 
पहाडी जिल्लालाई पाँच नम्बर प्रदेशबाट हटाउने प्रस्ताव संसदमा दर्ता भएको विरुद्धमा आन्दोलन चर्किएको अर्घाखाँचीमा आज स्वतस्फुर्त रुपमा बालबालिका सडकमा ओर्लिएका छन् । 
 
विद्यालय जाने बालबालिका अनिश्चितकालिन अर्घाखाँची बन्दले शैक्षिक संस्था बन्द भएपछि नारावाजी गर्दै सडकमा ओर्लिएका हुन् । अभिभावकको नारावाजी देखेपछि बालबालिका पनि प्रदर्शनमा हिँडेर चर्का नारावाजी गरिरहेका छन् । 
 
उनीहरुले ‘हामीले केही जान्दैनौँ टुक्रिएको प्रदेश मान्दैनौँ, हाम्रो आन्दोलन जारी छ, हिमाल पहाड तराई कोही छैन पराई’ जस्ता नारावाजी गरेका थिए । जिल्लाका विद्यालयमा सञ्चालन गरिएको अर्धवार्षिक परीक्षा पनि बुधबारदेखि बन्द रहेको जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउतले बताउनुभयो ।  
 
बन्दका करण जिल्लाका सम्पुर्ण शैक्षिक संस्था, कलकरखाना, बजार र यातायातका सम्पूर्ण साधन मंगलबारदेखि ठप्प रहेका छन् ।
 
यस्तै ५ नम्बर प्रदेशबाट तराई र पहाडलाई अलग नगर्न माग गर्दै आज पनि बिहानैदेखि दिनभर बुटवलमा प्रद्धर्शन भएको छ । रुपन्देही बन्दको आव्हान गरेको अनेरास्ववीयु, नेविसंघ लगायतका विद्यार्थी संगठन, मदन भण्डारी स्पोटर्स एकेडेमी र अखण्ड प्रदेश नम्बर ५ दवाव अभियान लुम्बिनी लगायतको अगुवाइमा प्रद्धर्शन भएको हो । 
 
बुटवलको राजमार्ग चौराह, मिलनचौक बसपार्क ,पुष्पलाल पार्क लगायतका क्षेत्रमा  विद्यार्थी, व्यवसायी, नागरिक अगुवादेखि सर्बसाधारणहरु स्वतस्फूर्त सडकमा उत्रिए । प्रदेश विभाजन जोड्ने नभै तोड्ने किसिमबाट आएको भन्दै प्रतिपक्षी एमाले र सत्तारुढ दलका जिल्ला स्तरका नेता कार्यकर्तासमेत बन्द अभियानमा जुटेका छन् । 
 
यसैगरी ५ नम्बर प्रदेशबाट तराई र पहाडलाई अलग नगर्न माग गर्दै प्रद्धशर्नमा उत्रेका युवा र प्रहरीबीच बुटवलमा दिउसो ढुंगा हानाहान भएको छ । राष्ट्रिय झण्डासहित स्वतहस्फुर्त प्रद्धर्शनमा उत्रीएका केही युवाले दिउसो अस्पताल लाईनमा रहेको माओवादीले बनाएको सहीद स्मारक तथा पार्क तोडफोड गर्न खोजेपछि स्थिति तनावपूर्ण बनेको हो । 
 
दिउसो २ बजेबाट सुरु भएको तनाव करिब साढे ५ बजेसम्म कायम रह्यो । तोडफोडलाई रोकेका प्रहरीमाथि ढुंगा बर्साएपछि प्रहरीले बल प्रयोग गरेको थियो । 
 
बन्दका कारण बुटवल लगायत रुपन्देहीको जनजीवन पूर्ण रुपमा प्रभावीत भएको छ । पूर्वपश्चिम राजमार्ग तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा चल्ने सवारी ठप्प भए । बन्दकर्ताले अवरोध गरेपछि भित्री सडकमा समेत दिनभर सवारी चलेनन् । 
 
बजार, पसल, औद्योगीक प्रतिष्ठान , शिक्षणसस्था सबै बन्द भए । भोली शुक्रबार बुटवलमा प्रदेश नम्बर ५ स्तरीय विरोध रयाली तथा सभाको आयोजना हुदै छ । कार्यक्रममा यहाबाट प्रतिनिधित्व गरेका दलका नेताहरुले बुटवलमा संवोधन गर्ने छन् । 
त्यसमा एमाले नेता बामदेव गौतम, विष्णु पौडेल, माओवादी केन्द्रका टोपबहादुर रायमाझी, काग्रेसका चन्द्र भण्डारी, राष्ट्रिय जनमोर्चाका प्रवक्ता दुर्गा पौडेल लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले बताउनुभयो । 
 
यता सरकारले जनताको बिरुद्घमा उभिएर ५ नम्बर प्रदेशका पहाडी जिल्लालाई टुक्राएर मंगलबार राती संबिधान संशोधन सम्बन्धी बिधेयक व्यस्थापिका संसद सचिवालयमा दर्ता गरे लगत्तै अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रुपन्देही, कपिलवस्तु, रुकुम, रोल्पा लगायतका नागरिक २ दिन देखी बिरोधमा उत्रिएका छन् । 
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Songs5.30AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.35AM
  • Geet Sangit7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Geet7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Geet Sangeet8.10AM
  • Nepal Khabar9.00AM
  • Cine sansar9.10AM
  • Buddha Khabar10.00AM
  • Lok Susheli10.10AM
  • Buddha Khabar11.00AM
  • Hindi Geet Sangeet11.05AM
  • Nepal Khabar12.00PM
  • Grihelaxmi12.10PM
  • Buddha Khabar1.00PM
  • Majheri1.05PM
  • Buddha Khabar2.00PM
  • Mukti Ko Marga2.10PM
  • Nepal Khabar3.00PM
  • Saathi Sanga Maanka Kura3.10PM
  • Tharu Buddha Khabar4.00PM
  • Lok Chautari.4.10PM
  • Tharu Buddha Khabar5.00PM
  • Yuba Sarokar5.15PM
  • Ban ra Baatabaran6.00PM
  • Swasthe Givan6.30PM
  • Buddha Khabar7.00PM
  • Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Geet Sangit8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Sajha Sawal {BBC}9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli.com10.10PM
RJ Profile
  • दिपेन्द्र कार्की
    कार्यक्रम प्रमुख
  • उमा शंकर चौधरी
    लेखा प्रमुख
  • सिर्जना थारु
    समाचार प्रस्तोता
  • दीपा महत
    समाचार & कार्यक्रम प्रस्तोता
  • बिनोद भट्टराई
    प्राविधिक प्रमुख
Buddha Awaaz Newspaper
Television