देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग | राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी सम्मानित ।। |
News   Events »
राष्ट्रिय
लोकमान विरुद्ध सात आरोप : देशभर दीपावलीको माहोल
काठमाण्डौ ५ कार्तिक ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावले देशैभरि दीपावलीको माहोल बनेको बताउनु भएकोछ । बिहीबार सुरु कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति देउवाले कार्की विरुद्धको यस्तो वातावरण उनकै कार्यशैलीको उपज भएको टिप्पणी गर्नु भयो । बैठकमा बोल्ने अधिकांश सदस्यले सत्तासाझेदार माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट दर्ता भएको महाअभियोग प्रस्तावबारे सभापतिको धारणा माग गरेका थिए।
जबाफमा देउवाले यस विषयमा प्रधानमन्त्रीले आफूसँग कुनै छलफल र सहमति नगरेको औल्याउनु भयो ।एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहाल र आफूसँग कार्की विरुद्ध महाअभियोग प्रस्ताव ल्याउनेबारे कुरा गरे पनि बुधबारै दर्ता गर्ने जानकारी नदिएको देउवाको भनाई थियो । ‘कुरा भएको हो, तर हामी आजै प्रस्ताव दर्ता गर्दैछौं भनेर प्रधानमन्त्रीले सत्तासाझेदार दलसँग भन्नुभएन, यसमा उहाँहरूको राजनीतिक इमान्दारी देखिएन,’ बैठकमा देउवाको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य तथा स्वास्थ्य मन्त्री गगन थापाले संचारकर्मी संग भन्नु भयो ।
यता  सत्तारुढ माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेकपा एमालेका १ सय ५७ सांसदले हस्ताक्षर गरी बुधबार दर्ता गराएको महाअभियोग प्रस्तावमा अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध सात आरोप लगाइएका छन्।बिहीबारकै संसद बैठकमा छलफल मिति तोकेर प्रक्रिया अघि बढाउन लागिएको महाअभियोग प्रस्तावमा कार्कीको क्षमता र आचरणमाथि प्रश्न उठाउँदै कार्कीले आफ्नो पदीय दायित्व दुरुपयोग गरी चिकित्सा शिक्षा लगायत क्षेत्रमा भ्रष्टाचारलाई बढावा दिएको आरोप छ।‘हामीले महाअभियोग प्रस्तावमा मोटामोटी सातवटा आरोप लगाएका छौं,’ एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले बिहीबार भन्नु भयो —‘आरोपहरू बुँदागत छैनन् ।
मुख्यतया कार्कीको कार्यकालमा अख्तियारबाट भएका संविधान विपरीत काम–कारबाही समेटिएका छन्।’माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाही प्रस्तावक रहेको महाअभियोग प्रस्तावमा एमालेका प्रमुख सचेतक ढकाल समर्थक रहनु भएकोछ । स्रोतका अनुसार कार्कीले ‘गुन्डागर्दीकै स्तरमा ओर्लिएर सर्वोच्च अदालतको म्याद तामेलमा अवरोध खडा गरेको’ आरोप लगाइएको छ। संवैधानिक निकाय प्रमुखबाट भएको यस्तो कार्यले ‘कानुनी शासनकै खिल्ली उडाइएको’ प्रस्तावमा उल्लेख गरिएको छ।सर्वोच्चले अख्तियार प्रमुखका रूपमा कार्कीको नियुक्ति योग्यता सम्बन्धी मुद्दा पुनरावलोकनको निर्णय गरेपछि म्याद तामेल गर्न उनको घर जाँदा अवरोध गरिएको थियो।
कानुनविपरीत हुलहुज्जत गरेर सर्वोच्चका तामेलदारलाई नयाँ बानेश्वरस्थित घरमा म्याद तामेल गर्न दिइएको थिएन।लोकमानकै कान्छा ज्वाइँ प्रबल थापादेखि कृषि विकास बैंकका अध्यक्ष एवं पूर्व कानुनसचिव प्रमोद कार्की, सादा पोसाकमा आएका महानगरीय प्रहरी वृत्त बानेश्वरका सहायक निरीक्षक नकुलराज गौतम समेतले त्यसमा साथ दिएका थिए।
 सर्वोच्चको काम–कारबाहीमा अवरोध खडा गर्नु आफैंमा अदालतको अपहेलना हो।यसअतिरिक्त कार्कीले ‘संवैधानिक निकायको प्रमुखको मर्यादाविपरीत पदीय दायित्व दुरुपयोग गरी काम गरेको’ आरोप महाअभियोग प्रस्तावमा मुख्य रूपमा उठाइएको छ।
महाअभियोग प्रस्तावमा हस्ताक्षर गर्ने एक एमाले सांसदका अनुसार कार्कीले आफ्नो नातेदारको लगानी रहेको किस्ट मेडिकल कलेजमा एमबिबिएस तथा एमडीका लागि सिट संख्या थप्न नेपाल मेडिकल काउन्सिललाई अनाधिकृत रूपमा निर्देशन दिएको प्रस्तावमा उल्लेख छ। 
किस्ट कलेजमा लगानी रहेका बालमानसिंह कार्की लोकमानका सहोदर भाइ हुन्। कार्कीकै निर्देशनको भरमा किस्टको एमबिबिएस कोटा एकैचोटि ७५ बाट १ सय ३५ पुर्याइएको थियो। उनीमाथि काठमाडौं विश्वविद्यालयको एमबिबिएस प्रवेश परीक्षमा अख्तियारको शक्ति दुरुपयोग गरी अनाधिकृत हस्तक्षेप गरेको आरोपसमेत छ। अख्तियारकै ऐनप्रतिकूल हुने गरी काम–कारबाही गर्नुका साथै ‘भ्रष्टाचार निवारण ऐन दुरुपयोग गर्दै राष्ट्रसेवकहरूलाई अनावश्यक दुःख दिएको’ आरोपसमेत लगाइएको छ।
आफूसँग असहमत व्यक्तिहरूमाथि प्रतिशोधपूर्ण ढंगले बिनाकारण कारबाही चलाइएको महाअभियोग प्रस्तावमा उल्लेख छ।अख्तियारले व्यक्तिगत रिसिइबीकै आधारमा कतिपय सरकारी कर्मचारीविरुद्ध मुद्दा चलाएर अनाहक दुःख दिएको थियो। त्यस्ता मुद्दामा अदालतले अख्तियारलाई हराएका थुप्रै उदाहरण छन ।संसदका एकचौथाइ सदस्यले कार्की विरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि महासचिवको कार्यालयले पत्राचार गरी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, संवैधानिक परिषद र लोकसेवा आयोगको कार्यालयलाई जानकारी गराएको थियो।संसद सचिवालयले बिहीबारको संसद बैठकको पूर्व्निर्धा्रित दैनिक कार्यसूची परिवर्तन गरी उक्त महाअभियोग प्रस्ताव अघि बढाउँदैछ। 
 
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Songs5.30AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.35AM
  • Geet Sangit7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Morning Cafe7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Jeevani Sandarbha8.10AM
  • Nepal Khabar9.00AM
  • surakshit gantabbe Hamro Bhabishe CIN9.15AM
  • Buddha Khabar10.00AM
  • Lok Suseli10.10AM
  • Buddha Khabar11.00AM
  • Hindi Geet11.05AM
  • Nepal Khabar12.00PM
  • Lok Tokari12.10PM
  • Buddha Khabar1.00PM
  • Manke Tarana1.05PM
  • Buddha Khabar2.00PM
  • Mero Euta Saathi chha2.10PM
  • Nepal Khabar3.00PM
  • Aaroha Singing compitation3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Lok Antakshyeri4.10PM
  • Tharu Buddha Khabar5.00PM
  • Geet Sangit5.10PM
  • Geet Sangit6.00PM
  • Paka Pusta6.30PM
  • Buddha Khabar7.00PM
  • Mai Sari Sunakhari & Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Geet Sangit8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Bul Bul9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli dot com10.10PM
RJ Profile
  • दीपा महत
    समाचार & कार्यक्रम प्रस्तोता
  • बिमल गैरे
    प्राबिधिक टेलिभिजन
  • मिलन राना
    रेडियो प्राविधिक
  • बिनोद भट्टराई
    प्राविधिक प्रमुख
  • मञ्जु वराल
    लेखा सहायक
Buddha Awaaz Newspaper
Television