देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग | राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी सम्मानित ।। |
News   Events »
आर्थिक
भारतीय बाधका कारण १ हजार बढी हेक्टर धान खेत डुवानमा
कपिलवस्तु ४ कार्तिक । 
भारतीय पक्षले एकपक्षीय रुपमा बनाएका बाधका कारण कपिलवस्तुका दक्षिणी भेगका ५ गाविसका १ हजार बढी काट्ने तयारी अवस्थामा रहेका धान खेत डुबानमा परेका छन् । भारतले पानी जम्मा गर्न सीमा क्षेत्रमा एकतर्फी रुपमा बनाएको ४ बाधहरुको फाटक बन्द गर्दा सो धान बाली डुवानमा परेको हो ।
गत असोजमा पटक पटक आएको बर्षा पछि भारतीय पक्षले निर्माण गरेको बझाहा, महलीसागर, सिसवा र मझौलीमा रहेको बाधको फाटक नखोले पछि दक्षिणी भेगका एक दर्जन गाबिसको काट्ने अवस्था रहेको धानबाली लगाईएको भु– भाग डुवानमा परेको हो ।
कृषि कार्यालय अनुसार चार बाधका कारण ५ गाबिसका १५ गाउमा लगाईएको ९ सय ४० हेक्टर बढी काटने अवस्थामा रहेको धानमा भारी क्षति पुगेका पुगेको छ । सबै भन्दा बढी बझाहा बाधका कारण ६ सय बढी हेक्टर धान खेत डुबानमा परेको हो । पिपराको तुल्सीडहवामा सय, गौरामा २ सय, बलहुवा गाबिसको सिसहनियामा ३५, बिजुवा गाबिसको १ देखि ६ वाडका २ सय ७५ हेक्टर धानबाली पानीमा चुर्लुम्म डुबेको छ ।
यस्तै तितिर्खी गाबिसको रजवापुरमा ६०, पकडीमा १ सय ५०, दरखसवामा ३०, रंगपुरको पुन्नीहवामा ६० र रतपुरमा ३० हेक्टर क्षेत्र डुबानमा परेको पीडीत कृषकहरु बताउछन् ।
अहिले खेतमा ५ फिट बढी पानी रहेको छ । डुवनकै कारण २०–२५ बर्ष यता कृषकले राम्ररी खेतीपाती स्याह्नै पाएका छैनन् । स्थानीय प्रशासनले दुुई देशको अधिकारी बिच हुने समन्वयात्मक बैठकमा हरेक पल्ट सो बाधहरुले पार्नै समस्याका कुरा उठाए पनि समाधान हुन सकेको छैन ।
यसैबिच डुबान पीडीत ५० बढी कृषकले जमेको पानीको निकासका लागि बाधको फाटक खोल्न पहल गर्न भन्दै प्रशासन  कार्यालयमा ज्ञापन पत्र दिएका छन् ।
काटने अवस्थामा रहेको धान बालीमा पानी जम्मा भई धान बाली सड्न लागेकोले समस्या समाधानका लागि पहल गर्न उनीहरुले माग गरेका हुन ।
प्रजिअ ईन्दु घिमिरेले कृषकहरुको समस्याका बिषयमा गृह मन्त्रालयमा जानकारी पठाईएको बताउनु भयो  । बाधको फाटक खोल्नकालागि भारतको सिद्धार्थनगरका डिएमसंग समन्वय गर्ने जानकारी दिनु भयो ।
 
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Songs5.30AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.30AM
  • Geet Sangit7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Ekal Aawaaz7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Nepal Chautari8.10AM
  • Nepal Khabar9.00AM
  • Jamkabhet9.10AM
  • Buddha Khabar10.00AM
  • Lok Susheli10.10AM
  • Buddha Khabar11.00AM
  • Hindi Geet11.05AM
  • Nepal Khabar12.00PM
  • Majheri12.10PM
  • Buddha Khabar1.00PM
  • Bujhailuya Khisa1.05PM
  • Buddha Khabar2.00PM
  • Support Me2.10PM
  • Nepal Khabar3.00PM
  • Geeti Antakshyari3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Lok Trisana4.10PM
  • Tharu Buddha Khabar5.00PM
  • HAmro surakshya Hamro Pahal Anntena Abadhi5.15PM
  • Mahila Aawaaz6.00PM
  • Geet Sangeet6.30PM
  • Buddha Khabar7.00PM
  • Mai Sari Sunakhari & Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Geet Sangit8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Chetanaka Swarharu9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli dot com10.10PM
RJ Profile
  • सरीता थारु
    समाचार बाचक टेलिविजन
  • हरि घिमिरे
    प्राबिधिक
  • दीपक अनुरागी
    समाचार सम्पादक
  • बिमल गैरे
    प्राबिधिक टेलिभिजन
  • शेरिफ के. सी.
    समाचार & कार्यक्रम प्रस्तोता
Buddha Awaaz Newspaper
Television